कसैले भन्यो गरिबहरुको रहर हुदैन
जसलाई आफ्नै रहरको खबर हुदैन ।।
रहर त चिलले जस्तै उचाई छुन मन लाग्छ
तर के गर्नु आफ्नै पखेटाको भर हुदैन ।।
मसानघाट त जो कसैको होला
तर हर कसैको खुसियालीको घरबार हुदैन ।।
बाध्यताको भुमरीमा रुमली रहदा
खुशी कुनबेला आउँछ जान्छ पत्तो हुदैन।।
आफै रित्तिएर आफ्नालाइ खुशी दिइरहदा
आफ्नो अस्तित्वको कुनै कदर हुदैन ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: