हो ! छिमेकी निहुँ खोजिरहन्छ, तगरामा बसेर ।
तर म सुरक्षित छु भन्ठान्छु, खतरामा बसेर ।
स्वीजरल्याण्डको सपना देख्छन, भाषणमा नेता ज्यू ।
अनुपम सुन्दरताको खानी, पोखरामा बसेर ।
हे सरकार कैले देख्छौ ? ती भोका नांगा बस्तीहरु ।
बिचरा चिच्याउदैछन् गरीब, कन्दरामा बसेर ।
बाहिर कुकुरलाई भात दिन्छन्, भित्र ढिडो खाएर ।
अनि महलको धाक लाउछन्, टहरामा बसेर ।
यस्तो अचम्मको नैतिकता, देखाउछन् मान्छे
फल खान्छन् रुखै ढालीदिन्छन्, जरामा बसेर ।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: