मेरो र उनको एउटा खोज थियो
सपना देख्ने उनको एउटा सोच थियो
दिउँसै आखा चिम्लिएर उनि भविष्य खोज्थिन्
नियालेर हेर्दा उनि आफुलार्इ पाउन्थिन्।
आकाशमा उडने चरीलाई हेर्थिन्।
अनि आफुलार्इ बर्तमानमा नियाल्थिन्।
जिन्दगीसंग हातापाइ गर्थिन
सुनौलो भविष्यको आस गर्थिन्।
अझ पनि मरेका छैनन ति सपनाहरू
सपनाहरूलाई यथार्थमा बदल्ने साहस गर्थिन्।
भविष्यको खोजिमा ऊनी युद्ध गर्दैथिन्
आफु भित्रै कैयौं सपनाको खोजि गर्दैथिन्।
कैयौंपटक अतिथलार्इ सम्झेर रुने गर्थिन्
आफुलाइ आफुभित्रै हुल्ने गर्थिन्।
आखा भरि सपनाको भारी बोकेर ऊनी
आफ्नै भविष्य बाणीको खोजी गर्थिन्।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: