एक्लै बस्दा तस्बिर हेरेर मन बुझाउनु है लुरी!!
घरमा हाम्रो कुरा अहिले "नखुलाउनु है लुरी!!
गार्हो हुन्छ छुट्टिएर बस्न हामीलाई जीवनमा!!
जे परी आए पनि मनमा नलुकाउनु है लुरी!!
मेरै भनी भगवान संग भाक्नेछु तिमीलाई लुरी!!
दुःखै परे पनि आफैले ढाट्नेछु तिमीलाई लुरी!!
कहिले दुखित हुन दिने छैन खुशी राख्छु सधैं!!
जिन्दगी भरी साथमा राख्नेछु तिमीलाई लुरी!!
राम्रो कुरा अनि विश्वास मेरो गर्छिन् लुरिले!!
भेटे पछि झन् झन् धेरै माया भर्छिन् लुरिले!!
सङ्घर्ष हो जीवन नआत्तिनु है कहिले पनि!!
भन्दै सधैं यो मनमा आभास छर्छिन् लुरिले!!
मेरो मुटुमा तिमी लाई बास दिनेछु लुरी!!
तिम्रा सारा दुःख पीडा मैले लिनेछु लुरी!!
रिसाएर कहिले पनि टाढा नभए "तिमी!!
म सधैंभरी तिम्रो सहारामा जिनेछु लुरी!!
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: