अटेरी अग्लो पहाड बाटो छेक्दै उभिए पनि
रिसाउ किन? मनमा बाह्र फिटको पर्खाल भएपछि
बादल रिसाउदै काल्लै मुहारले चट्यागं उकाले पनि
रिसाउ किन? मनमा मेघ गर्जनको बर्षात भएपछि
सुर्य रिसाउदै रात्तै मुहारले ज्वाला फाले पनि
रिसाउ किन? मनमा ज्वालामुखी भएपछि
चन्द्रमा उफ्रिदै मुस्काउदै विलाउदै गिज्याए पनि
रिसाउ किन? मनमा बरफ जमेपछि
झ्याउकिरी झ्याउझ्याउ भाकामा रातै भरी गित गाए पनि
रिसाउ किन? मनमा बेसुरको रुवाई भैदिएपछि
बतास कहिले तेज कहिले सुस्त गालामा मेरो हान्दै गए पनि
रिसाउ किन? मनमा अभावको थप्पड पचाईसकेपछि
फक्रिएर फुल यौवन देखाउदै खिस्स हाँसे पनि
रिसाउ किन? मनमा बाल्यकालमै बृद्ध भारी भिरेपछि
म रिसाउ किन?
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: