म सधैं जसो त्यो आकाशको तारा देख्ने गर्छु
अनि उसैको बयान गर्दै खालीपानामा लेख्ने गर्छु
सम्झिन्छु म उनिको हुनै सक्दिन अनि मनबाट मेट्ने गर्छु
तर हृदयले मान्दैन, अनि सपनिमै भयपनी भेट्ने गर्छु
कसैले उनिलाई नजर लाउदै गर्दा, सधै जसो छेक्ने गर्छु
हरपल हरक्षण उनकै खुसिको लागी, सबै भार थेक्ने गर्छु
म सधैं जसो त्यो आकाशको तारा देख्ने गर्छु
अनि उसैको बयान गर्दै खालिपानामा लेख्ने गर्छु
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: