भूलायो दिनजति मधुशालामा
पिएर अलिकति मधुशालामा
योजना हरायो भने,खोज्नु सरकार !
भेट्छौ कतिकति मधुशालामा
ऊसले ईजलासमा, ढाॅटेकै हो श्रीमान्
ढाॅटेन एकरत्ति मधुशालामा
बा भन्नुहुन्छ, मन्दिर जानु तिर्थ धाउनु
बिग्र्यो तेरो मति मधुशालामा
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: