पाउँदैन आउँन, उ त दुर छ
ऋणको भारी काँधमा बोक्न, मजबुर छ
हसिन पसिन पर्देशमा, चर्को घाममा कम गर्दा
गाउँको मुहानको पानी पिउन, आतुर छ
ऋण तिर्नलाई ऋण नै लिएर, विदेशीएका बाउहरु
भेट्न पाउँदैनन् छोराछोरीले तिनको, के कसुर छ ?
हर्के गयो, बिर्खे गयो, गाउँदै हिँड्ने तिखे गयो
उसको पनि आज आवाज, मधुर छ
किनकि
पाउँदैन आउँन, उ त दुर छ
ऋणको भारी काँधमा बोक्न, मजबुर
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: