समयको खेल भनौ या भाग्यले जुराएको मेल
लेखान्तले लेखायो, जुरायो कि बहानाले भेटायो
आज... आज छ नि मिरा
थोपा थोपा जोडीएर नदी बन्दै छ यहाँ
नदी नदी मिलेर बिशाल सागर फैलदै छ यहाँ
पवित्र, स्वतन्त्र जलसरी निस्चल माया छचल्किदै छ यहाँ
मायाको ममता र आत्मियताको मोह
माया ममता आत्मियता मोह यी सबै सबै आकाशिदै छन यहाँ
स्वच्छ शितल पवन
अमृतसरी जल
अग्निको न्यानोपन
फराकिलो आकाश
फराकिलो आकाश भित्रको सृस्टि हामी दुई यहाँ
उज्वल भबिस्य, कामना, बरदान् आशिर्वाद,स्वागत
आदी इत्यादी
ममतामयी माता धर्ती कहाँ
ममतामयी माता धर्ती जहाँ
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: