झुट भरिएको मुस्कान नचलाउ
उधारोमा मेरो सामान नचलाउ
एउटा गोठालो निदाइ रहेको छ
चरेको भेँडाको बथान नचलाउ
बटुवाले बाटो भुले,बाटो देखाउनु
बिचरा उसको जवान नचलाउ
बुढेसकालको लौरो ,साहारा हो उ,
आमा बाट खोसी सन्तान नचलाउ
मुर्ती चाहे ढुङ्गाकै किन नहोस् ,तर
पुज्दै गरेको भगवान नचलाउ
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: