न रुनु न हास्नु दोधारको जिन्दगी भो
गामबेसि मै सधै ओडारको जिन्दगी भो।
कति पीडा समेटेर राखी रहनु मैले सधैं
यस्तै यस्तै मेरो बेकारको जिन्दगी भो।
आउने जाने बटुवाले रङग फेरि सके
अपजसे कुलङगारको जिन्दगी भो।
तिम्रो पथ्थर दिल पगाल्न सकिन म
बाच्नु न मर्नु लाचारको जिन्दगी भो।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: