निहुरिएर लजाइ लजाइ नआउ मेरो सामु।
पराइको शिन्दुर सजाइ नआउ मेरो सामु।।
शुन्दर सपना देखाएर अर्धचेत बनाई ।
छिन्छिन् चुरा हात्मा बजाइ नआउ मेरो सामु।।
मेरै लागि भन्यौं र त साच्या थेँ जवानी ।
अर्कैलाई गराई रजाइँ नआउ मेरो सामु।।
घरबारे हौ पहिले जस्तै उग्र बैँसे बनी ।
सोझि सासू थर्काइ कजाइ नआउ मेरो सामु।।
हतार हतार दोबाटोमा भेट्नु पर्या छैन।
जुठो भाँडो पोइलाइ मजाइ नआउ मेरो सामु।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: