तिमीलाई भेटेको त्यो चोक प्यारो लाग्छ
माया गरि दिएको सबथोक प्यारो लाग्छ
मलम दल्नु छैन मलाई जति चोट दिएपनि
मुटु भित्र भएका मायाको खोट प्यारो लाग्छ
समयलाई उछिनेर तिमी छिट्टै बद्लिए पनि
परिवर्तन को चुनावमा आएको भोट प्यारो लाग्छ
तिमीलाई भेटेको त्यो चोक प्यारो लाग्छ
माया गरि दिएको सबथोक प्यारो लाग्छ ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: