पर्देसमा अलिकती कमाउदा रमाउला
रित्तो झोला भरिकन आउदा रमाउला।
आज सम्मत जसोतसो बाचिरहे छम
आफ्नै लगानीले छाप्रो बनाउदा रमाउला।
घाम पनि र सितले खाइसक्यो लालाबाला
तिनका लागि एकसरो सिलाउदा रमाउला।
लुरे ज्यान पनि थाकी सक्यो कति भौतारिंनु
फाटेकै लुगा टालो हाली लगाउदा रमाउला।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: