कहिले जिन्दगीले हसाउछ कहिले रुवाउने गर्छ
सपना कहिले भत्काईदिन्छ फेेरि सजाउने गर्छ
सङ्घर्षले मात्र पनि सफल हुदैनन कोहि यहाँ
बुझियो अनुभवले पनि धेरै कुरा सिकाउने गर्छ
मनले चाहेर मात्रै सबैथोक कहाँ पूरा हुन्छ र
पूरा त्यो हुन्छ जुन भाविले नै लेखाउने गर्छ
जिन्दगीमा एक थक्कर खाँदैमा हार खानुहुदैन
थाहा छ तर हुदा हुदै पनि मन बिझाउने गर्छ
एउटै सपनामा अलमलिएर मात्र चल्दैन जीवन
र त मन सधैभरि अनेकौ सपनामा रमाउने गर्छ
Liked by: