तिमीलाई अंगालोमा बेरेर सानी भन्नू छ।।
दिल भित्र बसालेर दिलकी रानी भन्नू छ।।
बूढो बन्ने लोभमा मिठा बालापन बुलेर,
तिम्रो माया पाउन आएको जवानी भन्नू छ।।
जुन दिन प्रेमको फूल दिन्छु त्यहि दिनमा
तिमीलाई देखाउदै आखाकी नानी भन्नू छ।।
अविरल पानी जस्तै कञ्चन दिन्छेउ र त,
तिमिलाई सधै मायाकी मुल खानी भन्नु छ।।
सृष्टि धान्छेउ तिमीले त्यसैलाई चलाउन,
जीवन भरि नै चाहिने घामपानी भन्नू छ।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: