लाख थियौ तिमी अब करोड बनी आउनु
अब आउँदा मेस्सी तिमी कोच बनी आउनु
आशा को केन्द्रबिन्दु हर खेलाडी को बनि
सिप सिकाउने भरिलो बोट बनी आउनु
आफ्नो टिम को कम्जोरी सब पत्ता लगाइ
हर खेलाडीको तिमी आत्मबोध बनी आउनु
कला सिप नया पिढी लाई हस्तान्तरण गर्दै
खेलाडीको खुट्टा को तिमी जोश बनी आउनु
यो इख ले त्यो प्रसीक्षण तिम्रो यस्तो बनोस्
पुरै टिम को खुट्टा मा बारुद तोप बनी आउनु
हर तिम्रा फ्यान को मुटु हिजो दुखेको छ
कोच बनी त्यो धैर्यतामै आक्रोस बनी आउनु
___________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: