छल्छ कतिलाइ लुट्छ कतिलाइ
सबथोक ठान्छ मान्छे सम्पत्तिलाइ
न जितियो न हारियो जिवन चलिरह्यो
बढाउन सकस पर्यो यो गतिलाइ
यहा शिबको प्रशाद निशुल्क पाइन्छ
अब कस्ले ढोगिरहन्छ सरस्वतिलाइ
सर्बश्व गुमाएकि हुन उनले सन्तानकै
लागि आज छोरो भएकोछ श्रिमतिलाइ
बिर्सिनेले जसरि बिर्सिएर जान्छन
अरे तपाइ त सम्झनुस सम्झने जत्तिलाइ
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: