सपनामा आजभोली उनीलाईनै देख्न थालेको छु
आफुभित्र आफै खै किन हो हराउन थालेको छु
आफुभित्र आफैलाई भेट्दिन आजकल
यो मनमा उनकै मात्र तस्बिर पालेको छु
सपनामा आजभोली उनीलाईनै देख्न थालेको छु
आफुभित्र आफै खै किन हो हराउन थालेको छु
उनको नाम सुन्दा ओठमा मुस्कान आफै आउछ
उनकै मात्र सम्झना दिमागमा पालेको छु
सपनामा आज भोली उनीलाईनै देख्न थालेको छु
आफु भित्र आफै खै किन हो हराउन थालेको छु
उनीलाई देख्ने कहीले भेट्ने कहिले दिन गनी बसेको छु
उनकै माया जालमा खै किन हो पस्न थालेको छु
सपनामा आजभोली उनीलाईनै देख्न थालेको छु
आफु भित्र आफै खै किन हो हराउन थालेको छु
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: