ओहिलिएछ जवानी, श्रृङ्गार के का लागि ?
आफ्नै बने बिरानी, श्रृङ्गार के का लागि ??
जसको निम्ति यति धेरै मरिहत्ते गरेउ ।
घस्यो उसैले खरानी,श्रृङ्गार के का लागि??
सोह्र सत्र आहा!भन्छन् बीस पछि इस् अरे ।
थाहा छ सबै काहानी,श्रृङ्गार के का लागि??
पश्चातापमा हर रात लोलाएर टोलाएर ।
भिज्छन् अरे सिरानी,श्रृङ्गार के का लागि ??
मुटुभरी पोल्दोहो पिडा, हाँसेपनि ओठ ।
बनाएर वहानी ,श्रृङ्गार के का लागि ??
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: