वर्ष दिनको तीजमा आउनु है दिदी ।
मनको पीडा गीतमा गाउनु है दिदी ।
तिम्लाई लिन म आउन सकिन फेरि ।।
खुसी साथ तीजमा रमाउनु है दिदी ।
बाँचे भेट अर्को साल आउँछु दिदी ।।
आमा छिन् घरमा खुसी बनाउनु है दिदी ।
केही दिन सकिन म दुखी छु हेर ।।
रातो सारी हातमा चुरा लाउनु है दिदी ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: