ठिक्क समय मिल्नुपर्छ,चाहिने परिस्थिति जुर्नुपर्छ
जुनलाइ पनि उज्यालो छर्न , पुर्णिमा तिथि कुर्नुपर्छ।
अलिक चिच्याए खोँचबाट पनि आवाज फर्किन्छ क्यारे
त्यताबाट माया फर्काउन ,मैले माया कति गर्नुपर्छ।।
क्लच दबाउदैमा जिन्दगीको गियर बदलिन्न हजुर
पहिले स्टार्ट गर्नुपर्छ,अनि मज्जाले गति भर्नुपर्छ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: