जल्दै गरेका ती लाशहरु
अनि उड्दै गरेको त्यो धुवाँ
त्यसैसंग उड्दा हुन ती आत्माहरु
ती रुवाइहरु
अनि आशुका गन्दहरु
पनि त थाहा पाउदा हुन ती आत्माहरु
एउटा वालकको मृत शरीर घुमीरहेछ
छैनन् आँसु आँखामा
मन रोएको देख्दा हुन सायद ती आत्माहरु
हतार सबैलार्इ छ
मलामी देखि लास पोल्नेलार्इ
गुनासोका पत्रहरु लेख्दा हुन् ती आत्माहरु
----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: