तिमि आउनु चढेर पजेरो गाडिमा।
म आउनेछु चढेर भैसिको पाडिमा ॥
घर जान ढिला होला साझ तिमिलार्इ ।
घडि लगाउनु बाया हातको नाडिमा॥
देख्नेले छि छि भन्लान लाजै पच्या भन्लान।
हामि बसेको देख्दा सल्लाघारि झाडिमा ॥
ईनकम हेरेर दिनकम हेरेर।
माया बसाइ कान्छिले फुलेको दाढिमा॥
बाउ सरह मान्छेलार्इ डार्लिङ भन्दै ।
जब देखे पराइसँग रातो साडिमा॥
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: