भुलेछु म सारा संसार तिम्लाई देखेपछि,
गर्दिन्न अब अरुको विचार तिम्लाई देखेपछि ।।
लाली पोते होस या लिपस्तिक पाउडर बाली,
फिक्का लाग्छन् सारा श्रृङ्गार तिम्लाई देखेपछि ।।
पुर्ण छैनन् स्वर्गकी अप्सरा नि तिम्रो सामु,
कसरी जाउँ म सुन्दरीको बजार तिम्लाई देखेपछि ।।
कोमल मुटु मेरो घायल भएको महसुस गर्छु,
भएछ यो कस्तो बाण प्रहार तिम्लाई देखेपछि ।।
तिमी बिनाको जीवन मेरो अधुरो आभास भयो,
लाग्छ आज छु म लाचार तिम्लाई देखेपछि ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: