सुखमा जती भिड थिए मलाई बधाई दिनेहरु
दुखमा पनि त्यहि भिड थिए, मलाई दुखाई दिनेहरु।
अब त भित्तामा मात्र मुस्कुराएकाे छ तस्बिर मेराे
सम्झना आउछ पुराना दिन, अनि रुवाई दिनेहरु।
आ-आफ्नाे बाटाे लागाैं याे अन्तिम शब्द उनकाे
बाच्न दिदैनन् झरेका, आँसु फेरी सम्झाई दिनेहरु।
आखिर सपना देखाएर किन अस्ताउछन् ताराहरू
मर्न पनि दिदैनन् यहाँ, मात्र केहिबेर उदाई दिनेहरु।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: