जिन्दगी यो आँखाको आँसुमै बित्यो ।।
वारी तिमी पारी म सम्बन्ध यो बिचधारमै बग्यो ।।
खै कुन बैरी को आँखा लाग्यो ।।
हरक्षण तिम्रो यादमा जिवन
सार चिन्तशीलमै बित्यो।।
कस्तो उठल पूठल जिन्दगी यो
मदिराको भेलाभेल मै बित्यो ।।
जिन्दगी यो आँखा को आँसु मै बित्यो
न कुनै घमण्ड नत कुनै अहंकार थियो ।।
र पनि किन खै निशाना भगवानको मै थिएं
जहाँ हर कदम मेरो बेसहारा मै बित्यो ।।
एक चोटी फर्केर त हेरन प्रिय ।।
मन मेरो अझैपनि पर्खाइको किनार मै बित्यो ।।
जसरी जिन्दगी यो सियोको धागो मै बित्यो ।
क्षितिज भित्र नहराउन प्रिय तिमी ।।
हरसांस तिम्रो नाम लिदै
बरा मुस्किलले यो प्राण तुत्यो ।।
जिन्दगी यो आँखा को आँसु मै बित्यो ।।
वारी तिमी पारी म सम्बन्ध यो बिचधारमै बित्यो।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: