"दिदी ,त्यो T.V.मा भाकाे तपाईं चिन्नुहुन्छ मान्छे?"
निर्मलाकाे Photo देखाई बेलीविस्तार कहन्छे
"कति राम्री मान्छे रैछे T.V. मा आउन पाई
म पनि ठूली भएर याे जस्तै बन्छु ल" भन्छे
सानी बैनीकाे अनुहार हेर्छु ७ वर्षकी उनी
दिनदिनैकाे खबर सुन्छु मनै खाेज्छ रुनी
के भनाैँ खै म उसलाई निर्मलाकाे बारे
के बुझ्ली उसले याे संसारलाई याे सबकुरा सुनी
घरभित्रै बाउदाजुले बलात्कार गरेको सुन्दा
चिन्नै गार्हो काे हाे आफ्नो काे हाे बैगुनी
पहिले पहिले GF BF गर्छन् विश्वास अत्ति
कसम खान्छन् साथ दिने हजार जुनी जुनी
तीनै मध्ये चुनिएका BFहरुले गर्छन् अत्ति माया
त्यै माया भएर जबरजस्ती लान्छन् झाडीमुनी
समाज भन्छ छाेटा कपडा र उत्ताउलोपन हाे कारण
खै त विदेशी त बलात्कृत हुँदैनन् त किन हाेला कुन्नी
याे समस्याको समाधान पनि हामी आफैंले खाेज्नुपर्छ
सरकार त बसेकाे छ बस् आफ्नो कान थुनी
जुलुस अनि आन्दाेलनले त केही असर पारेन अब
नयाँ समाधान खाेज्ने बेला आयाे दिमागकाे जाल बुनी
खाेज्दै आफैं नाङ्गै पारी काटिदिनुपर्छ अब बजारमै
चाहे हाेस् त्यो बलात्कारी या त हाेस् त्याे खुनी
जब छन् सुरक्षित महिला देशका अभिन्न अङ्ग
अनि मात्र देशकाे विकास र परिवर्तन हुनी
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: