
तपाईंको लग्न के हो ?
हाम्रो वैदिक ज्योतिषमा लग्नको विशेष महत्त्व हुन्छ । जब व्यक्तिको आत्मा पृथ्वीमा आफ्नो नयाँ शरीरसँग अवतरित हुन्छ त्यसै क्षणमा पूर्व क्षितिजमा जुन राशि उदित हुन्छ त्यसै कोणलाई लग्न भनिन्छ, अतः लग्नको निर्धारण भने बच्चाको जन्मको समयमा पूर्वी क्षितिजमा उदय हुने राशिको आधारमा गरिन्छ । यदि पूरै क्षितिजलाई ३६० डिग्री मानेर त्यसलाई १२ भाग लगाउँदा १ राशिको ३० डिग्री हुन्छ अर्थात् ३० डिग्री गुणा १२ = ३६० डिग्री ।
