
आकाश मण्डलमा भएका ताराहरूको समूह नै नक्षत्र हो । वैदिक ज्योतिषमा नक्षत्रलाई धेरै महत्त्वपूर्ण अङ्ग मानिएको छ । वेद जस्तो सर्व प्राचीन ग्रन्थमा पनि नक्षत्रको बारेमा विशेष जानकारी दिइएको छ । नक्षत्रले आफ्नो प्रभावबाट कुनैपनि व्यक्तिको जीवनमा परिवर्तन ल्याउने क्षमता राख्दछ, त्यसैले हाम्रो सनातन धर्ममा नक्षत्रको अवस्था हेरी प्रतिकूललाई अनुकूल बनाउने प्रयास र तत् सम्बन्धी ग्राहको पाठ, पूजा, यज्ञ, अनुष्ठान, साधना र व्रत आदि गर्ने विधान रहेको छ ।
