
राहु र केतुको कथा पनि विचित्रै छ— पुराण आदि पढ्नाले थाहा हुन्छ कि पृथिवीमा जीवनलाई तीन मुख्य भागमा बाँडिएको छ — मानव, असुर र दानव। यस्को अतिरिक्त देवताहरु पनि थिए जसकि आमा माता अदितिको बारेमा हामीले पहिला नै चर्चा गरिनै सकेका छौं । असुर, दानव दैत्य र देवताका पिता त एउटै थिए ऋषि कश्यप। परन्तु अलग–अलग माताको कोखबाट जन्म लिनुको कारण यिनीहरुको नाम अलग–अलग भएको हो।
