
यहाँ मैले रुद्राक्षको संक्षिप्त परिचय वर्णन गर्ने प्रयास गरेको छु। आजको प्रयोगात्मक युगमा हामीहरू प्रयोग सिद्ध गरेर मात्र यसमा विश्वास गर्ने गर्छौ, किनकि हाम्रो मानसिक स्तर त्यसै किसिमको बनिरहेको छ। लोक व्यवहारमा रुद्राक्षको घट्दो प्रयोगका कारण वनस्पतीय गुण हामीले
भुलिसकेका छौं, त्यसैले यहाँ रुद्राक्षको विषयमा विशेष जानकारी प्रस्तुत गर्न आवश्यक छ। सामान्य रूपमा देखिने रुद्राक्षको बोटमा अनेकौं विशेषताहरु हुन्छन्। रुद्राक्ष भगवान शिवलाई अत्यन्त प्रिय छ।
