
दशमुखी रुद्राक्षका अधिपति देवता भगवान विष्णुलाई मानिएको छ अथवा विष्णुको दिव्य दशावतारलाई मानिन्छ। यो दशमुखी रुद्राक्ष दश–दिशा, दश–दिक्पाल तथा दशावतारको प्रतीक हो। यसका संचालक ग्रह सम्पूर्ण नवग्रह नै हुन्। मान्यता छ कि यो रुद्राक्षमा भगवान विष्णुको दश अवतारको शक्ति समाहित छ। जसरी भगवान विष्णुको कृपा र अनुग्रहले सबै दिशाहरूबाट शुभ संकेत वा शुभफल प्राप्त भैरहेका हुन्छन् ठीक त्यसैगरि यो रुद्राक्षले पनि आफ्नो प्रभाव त्यस्तै देखाउँछ।

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी