
दशमुखी रुद्राक्षका अधिपति देवता भगवान विष्णुलाई मानिएको छ अथवा विष्णुको दिव्य दशावतारलाई मानिन्छ। यो दशमुखी रुद्राक्ष दश–दिशा, दश–दिक्पाल तथा दशावतारको प्रतीक हो। यसका संचालक ग्रह सम्पूर्ण नवग्रह नै हुन्। मान्यता छ कि यो रुद्राक्षमा भगवान विष्णुको दश अवतारको शक्ति समाहित छ। जसरी भगवान विष्णुको कृपा र अनुग्रहले सबै दिशाहरूबाट शुभ संकेत वा शुभफल प्राप्त भैरहेका हुन्छन् ठीक त्यसैगरि यो रुद्राक्षले पनि आफ्नो प्रभाव त्यस्तै देखाउँछ।
