
१६. सोह्रमुखी रुद्राक्षः– सोह्रमुखी रुद्राक्षलाई भगवान विष्णु तथा शिवको स्वरूप मानिएको छ। सोह्रमुखी रुद्राक्ष सोह्रकला तथा सिद्धिहरुको प्रतीक हो। यो केतुद्वारा संचालित हुन्छ। यो रुद्राक्षलाई विजय लक्ष्मी रुद्राक्ष पनि भनिन्छ। यसलाई धारण गर्नेवाला व्यक्ति सोह्रकला तथा सिद्धिहरुको ज्ञाता हुन्छ। अत्यन्त दुर्लभ तथा प्रभावकारी रुद्राक्षको प्रभावले यो रुद्राक्ष धारण गर्ने जातक गुप्त शत्रुहरूदेखि जोगिन्छन्। यो रुद्राक्षले चोरीबाट बचाउँछ भने अतुल यश, धन पनि प्राप्ति हुन्छ। यो रुद्राक्षको प्रभावकारी गुणलाई अनुभूति गर्नका लागि अष्टलक्ष्यार्चन वा लघुरुद्रीको पाठ गरेर “ॐ नमः शिवाय” यो पंचाक्षरी मन्त्र जप गर्दै सोमवारका दिन धारण गर्नु पर्दछ।
