
शुक्र ग्रहको पौराणिक कथा
महाभारत आदि पर्वको अनुसार शुक्राचार्य दानवका पुरोहित तथा योगका आचार्य हुन्। महाभारत तथा मत्स्य पुराणको अनुसार शुक्राचार्यले शिवलिंगको स्थापना गरी यस्तो कठोर तपस्या गरे कि भगवान शंकर स्वयं प्रकट भए। शुक्राचार्यले शंकरजी को स्तुति “अष्ट मूत्र्तयाष्टक स्तोत्र” ले गरे। शुक्राचार्यले आफ्ना शिष्य तथा दानवहरुका लागि भगवान् शंकरको जो आराधना गरे त्यस्तो आराधना आजसम्म कसैले पनि गरेका छैनन्। त्यसकारण भगवान् शंकरले एकमात्र उनैलाई मृत– संजीवनी विद्याको वरदान दिए। साथमा अरु पनि वरदान दिए जस्तै—उनी ग्रहहरुमा सर्वोपरि रहने छन्।
