
अहिलेको आधुनिक र वैज्ञानिक युगमा ज्योतिष शास्त्रलाई एक अन्धविश्वासपूर्ण अभ्यास हो भनेर यसलाई बेवास्ता गर्ने गरिन्छ । तर, यसलाई नजिकबाट नियालेर हेरियो भने हामीले थाहा पाउन सक्छाैँ कि ज्योतिषीय परामर्शले हामीलाई मार्गदर्शन गर्न महत्त्वपूर्ण योगदान गर्दछ । यसले हामीलाई आफू र हाम्रो वरपरको संसारको बारेमा बुझाइ थप मद्दत गर्दछ । अहिलेको समकालिन वैज्ञानिक संसारमा ज्योतिष शास्त्रको सान्दर्भिक कसरी हुन्छ त?
