
समय विज्ञान हो ज्योतिष । तेस्रो नेत्र (Third Eye) हो ज्योतिष । ज्योति अर्थात् उज्यालो प्रकाश नै ज्योतिष शब्दको अर्थ हो । उज्यालो प्रकाश बिना जीवन सम्भव हुँदैन । आँखा विनाको जीवन अन्धकारमय हुन्छ । सूर्य भन्नु आँखा भन्नु या ज्योतिष भन्नु यी सबै समानार्थी शब्द हुन ।
