
हिन्दु धर्ममा विवाहलाई जन्म जन्मान्तरको साथ मानिन्छ, त्यसैले विवाह गर्नु अघि वर-वधुको कुण्डली मिलाएर योग र गुण मिलाउने प्रथा छ । ज्योतिषीय मिलापक खाली परम्पराको निर्वाह गर्नु मात्रै होइन, यसले दम्पतिको स्वाभाव, गुण, प्रेम सम्बन्ध, एक आपसमा हुने व्यवहार, सन्तान सुख भावी दामपत्य जीवन सफल हुन्छ वा हुँदैन भन्ने जस्ता प्रश्नको जवाफ पाउन सकिन्छ ।
