
महानायक राजेश हमालले यस्तै कवितात्मक शैलीको भूमीका बाँधेर मञ्चमा प्रवेश गरे । दर्शकहरुको ताली रोकिएन । नेपालमा अहिलेसम्म नदेखिएको भीएफएक्स प्रविधिमा जब महानायक हमालको बोली बग्दै गयो, टेलीभीजनमै हेर्ने दर्शकको पनि शरीरमा काँडा उम्रिदै गयो । बिहानीको लामो पर्खाइपछि सूर्य उदाए जस्तै स्क्रिनमा अन्ततः ज्योतिर्पुञ्जबाट ‘को बन्छ करोडपति’को लोगो नेपाली टेलिभिजन आकाशमा उदायो, एउटा नयाँ इतिहास कोरियो त्यहीँबाट । राजेश हमालले जब ‘यो मञ्च सारा नेपालीको मञ्च हो...’