
हरेक एपिसोडमा घर बसेरै लखपति बन्ने अवसर हरेक नेपालीसँग
टेलिभिजनमै सहभागी भएर रकम जित्ने सौभाग्य थोरैले पाउलान् तर हरेक एपिसोडमा घर बसेरै लखपति बन्ने अवसर हरेक नेपालीसँग छ । घर बसेर लखपति अन्तर्गत साताको तीन दिन चल्ने हरेक एपिसोडमा घर बसेरै दर्शकहरु मध्ये एक जना लखपति बन्न सक्नेछन् । श्री स्टिल्सले प्रायोजन गरेको यो खण्डमा हरेक एपिसोडमा एक प्रश्न सोधिनेछ जसको जवाफ एसएमएस र मोबाइल एपबाट पठाउन सकिनेछ ।