ब्लग - साहित्यकथा तथा उपन्यासहरू

एकदिन एउटा रिक्वेस्ट आयो । दामी प्रोफाइल पिक्चर भएको केटीको, अबाउटभित्र खासै इन्फरमेसन नभएको । भर्खर सुरु गरेको जस्तो अकाउण्ट । संगीतले ढिला गरेन एसेप्ट गर्न । एसेप्ट गर्नेबित्तिकै उताबाट मेसेज आयो । "हाइ................." संगीतले खुशी हुँदै रिप्लाइ गर्यो...... उताबाट आउने र यताबाट पठाउने क्रम लामो समयसम्म चल्यो । दुबैको सामान्य परिचय भयो । मीठा मीठा कुरा भए । मोबाइल नम्बर साटासाट भयो र फनपार्कमा भोलि शनिबार भेट्ने कुरा भयो । यति हुँदासम्म रातको एक बजिसकेको थियो । संगीत सुत्न गयो तर उसलाई कतिबेला उज्यालो होला भन्ने कुराले तनाव बढाएको थियो ।
संगीतले खुशी हुँदै रिप्लाइ गर्यो......
उताबाट आउने र यताबाट पठाउने क्रम लामो समयसम्म चल्यो । दुबैको सामान्य परिचय भयो । मीठा मीठा कुरा भए । मोबाइल नम्बर साटासाट भयो र फनपार्कमा भोलि शनिबार भेट्ने कुरा भयो ।
यति हुँदासम्म रातको एक बजिसकेको थियो । संगीत सुत्न गयो तर उसलाई कतिबेला उज्यालो होला भन्ने कुराले तनाव बढाएको थियो ।
बिहानै पाँच बजे उठेर संगीत बाथरुम गयो । संगीत उठेको मम्मीले थाहा पाइन् । हत्तपत्त उठेर सोधिन्, "बाबु! सञ्चो भएन ? किन छिटो उठेको ?"
"होइन मम्मी सञ्चै छ, भोलि सण्डेदेखि स्कुलमा टेस्ट छ, अझ भोलि म्याथको छ । त्यसैले आकाशकोमा सिक्न जान्छु मम्मी ।"