ब्लग - साहित्यकथा तथा उपन्यासहरू
Ajit Kshetri · Aug ६, २०१६
उज्यालो भयो । बाबुआमाले रातो टिका निधारै भरी लगाएर आशिर्वाद दिए । मैनाले पतिलाई बिदाई ढोग दिई । लाहुरे घरबाट निस्क्यो । मैनाको मन अमिलो भयो, मुटुमा किला रोपे सरी भयो । ढोका थुनेर धेरैबेर रोई । बाबु आमाले पनि दुई थोपा आँसु झारे ।
"नल्याएर के गरोस् त मैना थारी रै'छ"- अर्कीले थप्छे ।
रातदिन कुट्छ रे नि त मैनालाई'-अर्कीले साउती गर्दै भनि ।
"त्यस्तो हुँदा नि किन बसिराखेकी हो त्यो मैना, दुई छाक नि खुवाउन नसक्ने रै'छन् कि के हो माईती पनि ?- पहिली चाहिँ महिला पुन: बोली ।
'गरिब छन् रे'-अर्कीले अट्टहास गर्दै बोली ।
"कस्तो बाँझो कोख भएकी आइमाई रै'छे है ! छि छि छि"-महिलाहरु गलल्ल हाँस्छन् ।