ब्लग - साहित्यकथा तथा उपन्यासहरू
SEPTEMBER 28, 2014 / LENDAAI
एक साँझपछिको रात–
चकमन्न अँध्यारोमा भुकिरहेका कुकुरलाई शायद हाम्रो बिछोड असह्य थियो । बाँसघारीमा रातभरि एकनास र एकसुरले बजिराख्ने कीरा शायद हाम्रै पोकापन्तुरामा अडेस लागेर मधेस झर्न खोज्दै थिए । अब त यो सन्नाटा पनि आफ्नो रहन्न ! बूढी विरक्तिएर सुँक्सुकाउँदै थिई ।