'प्रविन जी प्रवेश ले इन्सपेक्सनको लागि अहिले कोहि नभएकाले नेपालबाट कसैलाई पठाइदिनु भन्दै छ । के गर्नुहुन्छ? तपाइँ ले वान वीक युसए, टेक्सास टर्मिनल जानुपर्ने भयो ।', बोसले भनेको कुरामा मैले नाई भन्ने कुनै कारण थिएन । नाई भन्न मैले धेरै पहिले नै छोडिसकेको थिए । 'ओके सर, हुन्छ, म जान्छु ।' मैले टाउको हल्लाए ।
' हुन्छ, त्यसो भए भोलि म तपाइँ लाई डिटेल फरवार्ड गर्छु ।' बोसले भन्नुभो र मैले समर्थनमा हुन्छ भने ।
भोलिपल्ट मैले सबै डिटेल पाए, निर्माण पुरा भएको नया फ्युल टर्मिनलको अटोमेसन सिस्टम ठिक भए नभएको भेरिफिकेसन गर्नुपर्ने थियो मैले । एस्तो कामको धेरै अनुभव त् थिएन तर पनि सिक्ने मौका थियो । सधै कम्पुटरमा बसेर मात्र गर्ने काम, हेर्ने मौका थियो । आफुले कोरेका चित्रहरुको सजिब रुप देख्ने मौका थियो । मैले प्रवेश सरको गाइडेन्समा काम गर्नुपर्ने थियो ।
त्यसको दुई दिनपछिको मेरो फ्लाईट बुक भयो । पहिलो चोटी म अमेरिका जादै थिए । बिमानमा चढ़दा छुटै आनन्द भयो । करिब अठार घण्टा पछी म ऑस्टिन पुगे । बिभिन्न ट्रान्जिट पास गर्दै बल्ल तल पुगेको थिए । पुरै टाउको घुमेको थियो । प्रवेश सर एअरपोर्टमा आउनु भएको थियो । ‘ मिस्टर, प्रविन, वेलकम’ प्रवेश सरलाई मैले भिडियो कन्फरेन्सको बेला चिनेको थिए । उहा कम्पनीको हेडक्वाटरमा हुनुहुन्थ्यो, सिनियर प्रोजेक्ट इन्जिनियरको रुपमा ।
मलाई कम्पनीले बुक गरेको होटलमा राखियो । साच्चै रमाईलो लाग्दै थियो । गगनचुम्बी घरहरुका बीच पनि कति सुन्दरता थियो त्यहा । मैले भोलिपल्ट साईट जानु थियो, त्यो दिन रेस्ट गरेर बिताए ।
भोलिपल्ट बिहानै प्रवेश सर आउनुभयो । उहा संगै म साईट गए । दिन भरि साईटमै थिए । त्यो दिन आधि मात्र काम सक्कियो । अर्को दिन फेरी हामी साईट गयौ र पुरै काम सकेर साझ तिर होटलमा फर्कियौ । म संग अझै दुइ दिन थियो । प्रवेश सरले बिदा मग्नुभो । मैले साथिलाइ भेट्ने निर्णय गरे । मैले सागरलाई कल गरे । उ होस्टनमा थियो । उ एउटा कम्पनीमा आई टि सम्बन्धि काम गर्थ्यो । मैले त्यसपछि होस्टनको फ्लाईट बुक गरे । एउटा लास्ट फ्लाईट थियो त्यो दिनको ।
एअरपोर्टमा पुग्दा सागर आएको थियो । उसैसंग ट्याक्सीमा उसको अपार्टमेन्टमा गए । उसले त्यसै दिन एउटा म्युजिकल कन्सर्टको टिकट किनेको रहेछ । मलाई पनि जान कर गर्यो । लोकल ब्यान्डको कन्सर्ट थियो त्यो, मैले नाई भन्ने कुनै कारणनै थिएन । नाइँ भन्न धेरै पहिलेनै छोडेको थिए ।
करिब सात बजे साझ हामी एरेना थिएटर पुग्यौ । सागरका अरु साथिहरुपनि थिए । कन्सर्ट सुरु भयो। सारै रमाइलो हुदै थियो । सबै नाचिरहेका थिए । त्यसै भिडमा कसैले पछाडीबाट बोलायो ।
'प्रविन? ', कुनै केटिको आवाज थियो ।
यो सहरमा मलाई यत्रो भिडमा कसले बोलायो भनेर एकछि मतलब गरिन तर फेरि आवाज आयो । मैले पछाडि फर्केर हेर्दा चिनेको जस्तो अनुहार लाग्यो तर ठम्याउन सकिन ।
'नेपाल बाट? हजुर मलाई चिन्नुहुन्छ ?', म चिच्याए उसको कानमा ।
'अ, नचिनी कसरि बोलाए त् हजुरको नामले ', उ पनि हास्दै चिच्याई ।
'हा हा हा, हो है त्यो त् ', म अवाक परे ।
उसले मेरो हात समातेर अलि टाढा लागी । मैले सागरलाई रुममा भेट्छु भने ।
हामि कन्सर्ट भन्दा बाहिर आएपछि, उ फेरी चिच्याई ' तपाई कथा लेख्नुहुन्छ नि ? आई यम योर फ्यान । तपाइँ डेली ब्लागिंन गर्नुहुन्छ नि । म सधै पढ्छु ।'
'अब त नचिच्याउदा नि सुनिन्छ होला ।' म हासे, उसले मुख खुच्याई ।
मैले फेरी भने,'धन्यबाद, खुसिलाग्यो, दुनियाको कुनै अन्जान कुनामा कसैले मेरा खेस्रा कथा कविताहरु पनि पढ्छ भनेको सुनेर ।'
'होईन, सबै त् होईन केहि चाहिँ मलाई मनपर्छन । राम्रो लेख्नुहुन्छ ।', उसले फेरी भनि । 'तपाइको नाम?' मैले उसलाई सोधे ।
'पछी भनौला ', उसले टारी ।
हामि हिन्दै गयौ ।
' तपाईले लेख्नु भएको एउटा कथाको बारेमा तपाईलाई सोध्नसक्छु?' उसले मलाई प्रश्न गरि ।
'भन्नुस न, सोध्नुस ।'
'तपाइले एउटा कथा इंगलिसमा लेक्नुभएको छ है, ‘पुमा’, लभ स्टोरी टाईपको? त्यसको पात्रलाई तपाईले किन दयनीय बनाउनु भयो ? तपाइले कुनै पात्र बनाउदा त्यो कुनै जीवित मानिस पनि हुन्छ, त्यो कुरा को बिचार गर्नुभा'छ ?'
उसका कुरा सुनेर म एकछिन अक्क्मकिए । एक्कासी यसले किन एस्तो भन्न थालि भनेर कन्फ्युज भए । मैले एउटा मात्र कथा अंग्रेजीमा लेखेको थिए ।
' त्यो कथाको सिच्वेसन त्यस्तै थियो । एउटा फिक्सन त् हो । के फरक पर्छ ।' मैले कुरा टार्ने कोसिस गरे ।
'साच्चै भन्नुस त् त्यो फिक्सन मात्र हो भनेर? फिक्सन जस्तो कत्ति पनि फिल भएन त । त्यो त् सत्य घटना जस्तो लाग्छ । तर, के कथा अनुसार तपाईकी पात्र 'पुमा' लाई अनिश ले नै छाडेको हो त ? के त्यो एउटा प्रेम नै थियो र सर्वप्रथम त सोध्नुपर्दा ?'
उसले सिरियस जस्तै भएर सोधी । त्यो कथामा एउटा रिलेसनमा बसेको कपलको ब्रेकप देखाईएको थियो ।
मलाई डर लाग्न थाल्यो । कत्ति कुरा लेखिन्छ, कत्ति कुरा कल्पना गरिन्छ, कति कथा हरु रचिन्छ । तर कहिले पनि सोचिन्न त्यो कथा, कथामा मात्र सकिदैन भनेर । सायद यस्तै कति कथाले अरु कति कथा जन्माउछन होला ।
उसले मलाई फेरी भन्न थाली,' सायद पुमाले अनिशलाई छोडी कि, त्यसो किन लेख्नु भएन । वा भविष्य बनाउन पुमा जस्ती एक सशक्त नारीले केवल सरिरमा सिमित रहेको अनिशको प्रेम ठुक्र्एको भनेर । सधै दयनीए बन्नुपर्ने नारीले नै ।'
मलाई उसले भनेका कुरा नि ठिकै हो जस्तो लग्यो तर केहि रहस्य मेरा पनि थिए कथा पछाडी त् । कसरी सम्झाउ जस्तो लाग्न थाल्यो ।
'तपाई के गर्नुहुन्छ नि यहा?' मैले पुरै नया आध्याय सुरु गर्ने कोसिस गरे ।
' लौ, के हो यस्तो, बीच मै कुरा फेर्न खोज्नुहुन्छ त ।', उ खिस्स हासी । फेरी बोलि,' पिरामिड इन्कमा बिज्नस एडभाईजर ।'
'तर सारै रुखो हुनुहुदो रहेछ । कुरा नै बीच मै रोक्नु'भो ।', उसले निराश भएको जस्तो गरि ।
'होईन, त्यो कथाका केहि कुरा सत्यता संग जोडिएका थिए त्यै भएर त्यस्तो भयो । अब लेख्ने बेला के के सोचिन्छ, पछी त्यसो किन गरे भनेर रिकल नै गर्न सकिदैन ।' मैले उसलाई सम्झाउने कोसिस गरे ।
'बाई द वे, कस्को कथा हो त्यो?', उसले प्रश्न गरि ।
'मेरो साथीको ।', मैले भने ।
'उसलाई थाहा छ?' उसले सोधी ।
'सायद', मैले भने ।
'सोधेर लेख्नुभो?', उसले फेरी सोधी ।
'किन सोध्नु? लेखक हु, घुमाएर जे पनि लेख्ने सक्छु । सोध्नु आवश्यक छ र ? फेरी सबै पात्र पनि त् काल्पनिक हुन् । सिच्वेसन पनि काल्पनिक छन । किन सोध्नुपर्यो ?', मैले कथा लेख्नुको झमेला भोग्दै थिए ।
'त्यो त् हो तर पनि, के त्यो गलत त छ भन्ने कहिले लागेन? के थाहा तपाईको पात्र तपाईले लेखे भन्दा भिन्न छ कि?' उसले प्रश्नको बर्षात गर्न थाली ।
'तपाई नै भनि दिनुस के लेख्नु भनेर?', म इरिटेट भैसकेको थिए ।
' भो, राम्रो लेख्नुहुन्छ । एस्तै लेख्दै गर्नुस, अब कति दिन छ बाकि यता?', उसले फेरी सोधी ।
'पर्सिको फ्लाईट छ नेपालको । साचै भन्नुपर्दा, थयान्क्यु भेरी मच । सायद मेरो कथा कसैको लागि नराम्रो नि हुन सक्छ भनेर सोच्न सम्म नि सकिन । थ्यान्क्यु अगेन । ', उसले साचिकै म भित्र प्रश्न को बिउ रोपिसकेकी थिई । कसका लागि र किन, मेरा काथाको औचित्य के त!
हामी नजिकैको कफी सपमा गयौ । लुबिज क्यफेटेरिया । एकदम सुन्दर दृश्य थियो । जता ततै उज्यालो थियो । हामीले कफी पियौ । अनि आ-आफ्नो बाटो लाग्यौ ।
अपार्टमेन्ट पुगेपछि मैले उसलाई सम्झिन खोजे । मैले कतै पहिले नै भेटेको जस्तो लाग्थ्यो अनि कथा संझे। मेरो कथा मैले ब्लगमा फलो गर्ने कसैको ब्लगका स-साना अपडेटहरुमा आधारित थियो । कथा अझै अपूर्ण भएको भान भयो । विदेश एउटा अपार्टमेन्ट को कोठामा म एक्लै अनेक गन्थन मन्थन गर्दैथिए । सागर आइपुग्यो ।
'किन चाडो आएको । अनि हु वज दि गर्ल?', उसले मलाई जिस्काउन थाल्यो । 'कोहि होईन, मेरो एक फ्यान ', मेरो उत्तर सुनेर सागर हास्यो ।
भो यार, भोलि नै आफिस पुगेर सबै रिपोर्ट सब्मिट गरेर पर्सिको जाने तयारि गर्नु छ, सुतौ अब।', सागरले मेरो सुत्ने ब्यबस्था मिलायो ।
भोलिपल्ट म फेरी ऑस्टिन फर्किए । अफिसमा प्रवेश सरलाई रिपोर्ट सब्मिट गरे ।
काम राम्रो भएको रहेछ । प्रवेश सरले मलाई एअरपोर्ट सम्म छोड्नुभो ।
नेपाल पुगेको केहि दिन पछी, ब्लग खोलेर हेरे, नया नोटिफिकेसन देखे, उही कथामा एउटा कमेन्ट आएको रहेछ , "इट्स 'पुम', नट 'पुमा', अनि यो सर्टफर्म हो, कुनै नाम होईन, किप राईटिंग ।'
सायद मैले मेरै पात्रलाई भेटेको थिए तर पनि चिन्न सकिन । मेरा ओठ आफैलाई गिज्याउमा व्यस्त भए मुस्कान सहित ।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: