ब्लग - साहित्यकथा तथा उपन्यासहरू
पुष्प अार.जे · Sep १४, २०१७
ताप्लेजुङको ग्रामीण ईलाका फुलुङ्ग। फरक व्यक्तित्व भएर पनि यी दुई छिमेकीको बाल्यकाल यहीँ बित्यो । सानोतिनो झगडा बाहेक कहिले पनि मनमुटाव भएन। मेलापात घाँस दाउरा र चाड पर्वमा सधैं संगै बिताए तेन्जिङ शेर्पा र शिशिर थापाले। जहाँ जालझेल भन्दा पर अाफ्नै पौरखमा जीवनका धेरै वसन्त पार गरे । थोरै माथि कान्लामा तेन्जिङको घर छ भने कान्ला मुनि शिशिर थापको।