ब्लग - साहित्यद भ्वाइस अफ नेपाल

गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ ।