
भारतको नयाँ दिल्लीमा रहेको दक्षिण एसियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली कविता महोत्सव आयोजना गर्ने भएका छन् । नेपाली साहित्यको प्रवर्धन तथा पहुँच विस्तारका उद्देश्यका साथ वैशाख २९ गते नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त महोत्सवमा नेपाली साहित्यका प्रखर हस्तीहरूको जमघट हुने जानकारी आयोजक पक्षले दिएको छ ।