२०७९ भदौ २३ का समाचार
सेप्टेम्बर ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यू १७ साफ च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको सुखद सुरुवात
काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ। आज सम्पन्न आफ्नो पहिलो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो। खेलको १३ औं मिने...
एकै दिन झन्डै आठ सय कर्मचारीको सरुवा
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । सरकारले विभिन्न ...
आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ । लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्...
भगवती लेमिनेट्स राजस्व छली प्रकरण: केन्द्रको अनुसन्धानमा ढिलाइ, दौडधुपमा सञ्चालक
काठमाडौं । राजस्व छली प्रकरणअन्तर्गत छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान थालेको बताए पनि प्रक्रिया सुस्त पाइएको छ । सुस...
आत्मनिर्भरताको आधारस्तम्भ कृषि
कुल गार्हस्थ्य उत्पादनमा करीब २३ प्रतिशत योगदान र करीब ६० प्रतिशत जनसंख्या आबद्ध रहेको कृषि नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि आर्थिक समृद्धि प्राप्त गर्ने एउटा प्रमुख आधार हो । तर, नेपाल कृषिमा...
डेंगुबाट बच्न उच्च सतर्कता जरुरी
देशका पाँच जिल्लालाई छाडेर ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । देशभरमा डेंगु फैलिएपछि त्यसले सबैलाई त्रसित पारेको छ । । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको स...
हाइटेन्सन लाइन स्थानान्तरण गर्न माग
धरान । बस्ती बीचबाट लगिएको हाइटेन्सन लाइन स्थानान्तरण गर्न धरानका स्थानीयवासीले माग गरेका छन् । धरानका विभिन्न चार वडामा ९०० भन्दा बढी घरपरिवार हाइटेन्सन लाइनबाट प्रभावित छन् । हाइटेन्सन लाइन स्थान...
कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा शुरू
काठमाडौं । कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा शुरू गरेको छ । उक्त सेवा अन्तर्गत क्यापिटलले प्रचलित कानून अनुसार स्थापना भएका संगठित संस्थाहरूलाई धितोपत्रको प्राथमिक निष्कासन सम्बन्धी परामर्श द...
गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन
काठमाडौं । सत्तारूढ पाँच दलले सिट संख्याबिना नै आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने चुनावी तालमेलको प्रतिवेदन तयार गरेको दाबी गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सिट संख्या बाँडफ...
कर्मचारीको भावना अनुसार नै अध्यादेश आउँछ : मुख्यमन्त्री पोखरेल
काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारले ल्याउने प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश कर्मचारीको भावनालाई समेटेर आउने ...
नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा
काठमाडौं। नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । श्रीलंकामा भएको खेलमा भुटानलाई २ – १ गोलले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।
सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै देखियो
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको 'सिसिटिभी फुटेज' संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै...
सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन बुझाउने
काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो । बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै...
नापोलीसँग लिभरपुलको लज्जास्पद हार
च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ । बुधवार राति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो । ना...
लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता
काठमाडौँ, भदौ २३ गते । डेङ्गु रोग नियन्त्रणका लागि उच्चस्तरीय बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने भएको छ । मुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको बैठकले डेङ्गु नि...
यस्तो बन्दैछ २ अर्बभन्दा धेरै लगानीको 'नगरकोट हब'
काठमाडौं उपत्यकाबाट नजिकै केही शान्त समय बिताउन नगरकोट चल्तीको पर्यटकीय गन्तव्य हो। नगरकोट भनेपछि प्रायःको दिमागमा सूर्य उदाएको र अस्ताएको हेर्ने ठाउँ भन्ने आउँछ। अघिल्लो दिन साँझमा सूर्यास्त हेर्...
अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कपको फाइनलमा
पाकिस्तान यूएईमा जारी एसिया कप टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सुपर फोर खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो । उसल...
सर्वोत्कृष्ट कर्मचारी पाइएन
काठमाडौँ, भदौ २३ गते । सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने...
मन्त्रीको काम सरुवा मिलाउने, निर्वाचन अघि ठूलो संख्यामा निजामति र सुरक्षाकर्मीहरुको सरुवा हुँदै
२३ भदौ । काठमाडौं । सरकारले निर्वाचनको मुखमा ठूलो संख्यामा निजामति कर्मचारी र सुरक्षा निकायमा कार्यरत कर्मचारीको सरुवा तयारी गरेको छ । सरुवामा सम्बन्धित मन्त्रालय र कार्यालयका प्रमुखहरु मन्त्रालय र...
चीनको प्रतिस्पर्धामा नेपाली चिया
सुरेशकुमार यादव काठमाडौँ भदौ २३ गते । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको ह...
चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा, यस्तो छ बिहीबारको मौसम
काठमाडौं– देशका चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइ...
अवैध उत्खननमा संलग्न ४ ट्रयाक्टर प्रहरी नियन्त्रण
अवैध उत्खननमा संलग्न ४ ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार मोरङको लेटाङ नगरपालिका वडा नं.-३ चिसाङ खोला...
भुटानलाई हराउँदै नेपाल एक खेल अगावै साफ यू–१७ को सेमिफाइनलमा
नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले गएराति समूह ‘बी’ अन्तर्गतको खेलमा भुटानलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो । कोलम्बोस्थित रेस कोर्स ग्राउण्...
कर्णाली प्रतिष्ठानमा सामूहिक राजीनामा
कालिकोट : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बन्द भएको छ। त्यहाँका चिकित्सकसहित स्वास्थ्यकर्मीले बुधबार सामूहिक राजीनामा घोषणा गरेका छन्। ६० जनाले उपकुलपतिसमक्ष लिखित राजीनामा ...
बार्साको जीतमा लेवान्डोस्कीको ह्याट्रिक
रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले स्पेनिस महारथी बार्सिलोनाले भिक्टोरिया प्लेजनमाथि ५-१ को सहज जित हासिल गरेको छ । ३४ वर्षीय पोल्याण्डका फरर्वाडले बायर्न छाडे यता यो सिजन ५ खेलमा ८ गोल गरिस...
अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित, भारत बाहिरियो
काठमाडौँ — एसिया कप २०२२ को फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ । पाकिस्तानले बुधबार भएको सुपर–४ को खेलमा अफगानिस्तानलाई एक विकेटले हराएपछि फाइनल समीकरण पूरा भएको हो । यस नतिजापछि अफगानिस्ता...
ढाकाले फेरिदियो जीवनस्तर
ठाकुर सेनेहाङ तेह्रथुम, भदौ २३ गते । सामान्य परिवारमा जन्मिनुभएका लालीगुराँस नगरपालिका सोल्माकी सिर्जना तेयुङलाई सानैदेखि सीपमूलक काम सिक्ने इच्छा थियो । कमजोर आर्थिक अवस्थाकी तेयुङ सानोमा विद्य...
माफी दिनु नेवार समुदायको पहिचान
काठमाडौं । ‘माफी मागिसक्यो, ९ दिन पुलिस कस्टडीमा बसिसक्यो अब कानुनी तरिका अपनाएर छोड्नुप-यो’ योगेश्वर अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस नेवार समुदायको पहिचानका लागि स्वागतयोग्य ...
नोबेलको स्वास्थ्य शिविरबाट ७ सय विरामी लाभान्वित
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित विराटचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराट चेस क्लबसँग सहकार्य गरेर एक दिने स्वास्थ्य शिविर सञ्चाल...
दक्षिण कोरियामा आँधी : सात जनाको मृत्यु
दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए । उद्धार टोलीले दुई जनाको उद्धार गर...
३० समाचार देखाइएको