२०८२ फागुन २८ का समाचार
मार्च १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

हर्मुज स्ट्रेट भएर गइरहेको थाई कार्गो जहाजमा हमला
थाइल्यान्डको नौसेनाले स्ट्रेट अफ हर्मुज भएर गइरहेको थाई झन्डावाल कार्गो जहाजमा आक्रमण भएको बताएको छ। रोयल थाई नौसेनाले विज्ञप्ति जारी गरी त्यस जहाजमा २३ थाई चालक दलका सदस्य रहेको जानकारी दिएको छ। ...

भारतको सर्वोच्च अदालतले पहिलोपटक दियो ‘इच्छामृत्यु’लाई अनुमति
भारतको सर्वोच्च अदालतले पहिलोपटक ‘निष्क्रिय इच्छामृत्यु’लाई अनुमति दिएको छ। बार एन्ड बेन्च र समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले १२ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय पुरुषला...

अमेरिकाले भन्यो: इरानसँगको युद्धमा अहिलेसम्म हाम्रा १४० सैनिक घाइते भए
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले गत फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएयता अहिलेसम्म १४० अमेरिकी सैनिक घाइते भएको बताएको छ। पेन्टागनका प्रवक्ता सन पार्नेलले विज्ञप्ति जारी गरी धेरैजसो घाइतेल...

इरानका नयाँ सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको दाबी
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला त्यहाँका राष्ट्रपति मसुद पेजेस्कियानका छोराले उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरेका छन्। इरानका राष्ट्रपति...
पूर्व क्लबविरुद्ध काई हाभर्ट्जको गोलले आर्सनललाई बचायो
काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आर्सनलले बायर लेभरकुसेनसँग १–१ को बराबरी खेलेको छ । घरेलु मैदानमा रोबर्ट एन्डरिचको गोलमा लेभरकुसेनले अग्रता लिएपनि खेलको अन्त्यतिर काई हाभर्ट्...

इरानको दाबी: इजरायल र अमेरिकी अड्डाविरुद्ध ‘अहिलेसम्मकै ठुलो आक्रमण’ गर्यौँ
इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाविरुद्ध युद्ध सुरु भएयताकै ठुलो आक्रमण थालिएको दाबी गरेको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्ड...

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ ज...
पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव
गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने प्रयास सफल हुन सकेन । अस्थायी ‘फ्लड लाइट’ राखेर...

सुदूरपश्चिममा ४१ हजार मत बदर
महेन्द्रनगर । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्ष...

अमेरिका-इजरायल-इरान युद्ध १२औँ दिनमा प्रवेश: गइसक्यो १३०० जनाको ज्यान
अमेरिका-इजरायल-इरान युद्ध आज (मार्च ११ तारिख) १२औँ दिनमा प्रवेश गरेको छ। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान ...
भाल्भेर्डेको ह्याट्रिक रियल म्याड्रिडको जित, सिटी ३–० ले स्तब्ध
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीमाथि ३–० को सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा फेडेरिको भाल्भेर्डेको ह्याट्रिकको मद्द...
च्याम्पियन्स लिगमा पीएसजीको सानदार जित, चेल्सी ५-२ ले स्तब्ध
काठमाडौ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इंग्लिस क्लब चेल्सीलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको गोलको वर्षासहितको रोमाञ्चक...

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत
गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी ...

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध ‘चाँडै’ अन्त्य हुने बताएका छन् । ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र नौसेनालाई ...

मर्स्याङ्दी जलविद्युत्को मर्मत सम्भारपछि विद्युत् उत्पादन पुनः सुरु
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य सुरु गरिएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रू...

इनिसा हत्या प्रकरणको पोस्टमार्टम रिपोर्टमा के छ ?
वीरेन्द्रनगर–१ मा बस्दै आएकी सुर्खेतकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको ...

गण्डकी प्रदेशका पूर्व सांसद मनाङे कारागारबाट छुटे
गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका ...

इरान र खाडी मुलुकबिच हानाहान, दुबई विमानस्थलनजिकै खस्यो दुइटा ड्रोन
मध्यपूर्वका देशहरूले बुधबार पनि इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको बताएका छन्। साथै उनीहरूले त्यसविरुद्ध जवाफी हमला जारी राखिएको पनि उल्लेख गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) ले देशभर...

थाइल्यान्डमा अवतरणका क्रममा एयर इन्डिया एक्सप्रेसको विमानको पांग्रा फुत्कियो
थाइल्यान्डमा एयर इन्डिया एक्सप्रेसको जहाज बुधबार दिउँसो अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। भारतको हैदराबादबाट थाइल्यान्डको फुकेट गएको विमान धावनमार्गमा अवतरण गर्दा नोज गियर भाँचिँदै अगाडिको पांग्...

इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण’ टोमाहक क्षेप्यास्त्रले लागेको अमेरिकी भनाइ
इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ । टाइम्सले २८ फेब्...

भदौ २३ र २४ सम्बन्धी आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सूचनाको हकअन्तर्गत निवेदन दर्ता गरिएको छ। पूर्व प...

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ। सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न ज...

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनाव...

इथियोपियामा बाढी : ४८ जनाको मृत्यु
दक्षिणी इथियोपियाको गामो क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको छ। दक्षिण इथियोपिया क्षेत्रीय राज्य प्रहरी आयोगले एक विज्ञप्तिमा जारी...

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिस्ट...

आजदेखि मौसमी गतिविधि बढ्ने, कहा–कहाँ हुँदै छ वर्षा ?
जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका के...

बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहाेस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन २८ गते । बिहीबार । इस्वी सन् २०२६ मार्च १२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–नवमी, ...

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
म्याग्दी । वारि भाइरल रत्ने चौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गा...

१८ सदस्यीय मन्त्रिपरिषद्, विज्ञ मन्त्री
काठमाडौं । निर्वाचनबाट झन्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सरकार गठनका लागि आन्तरिक छलफल सुरु भएको छ । रास्वपाबाट संसदीय दलको नेता बालेन्द्र शाह हुने छन् । शाह न...
दुई सिटले रोक्यो रास्वपाको दुईतिहाई
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन परिणामले राजनीतिक स्थिरताको सन्देश दिएको छ । सुशासन र विकासको चाहनाका लागि भएको जेनजी विद्रोह अनुमोदन गर्दै मतदाताले ब्याटलेमार्फत् एउटै पार्टीलाई ढुक्कको बहुमत पुग...

कार्की आयोगको प्रतिवेदनः चुनावी र शक्तिशाली सरकारबीच कार्यान्वयनको ‘जस’ लिने होड
काठमाडौं । २७ फागुन गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलन’bout जाँचबुझ गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन ‘कसले गर्ने ?’ भन्ने अन्योलका कारण कार्यान्वयनमा बिलम्ब देखिएको छ ...
३१ समाचार देखाइएको