२०८२ चैत ३ का समाचार
मार्च १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: भीआईपी धम्क्याउन २ करोड ‘सुपारी’, खाडीमा रहेका ७२ हजार नेपालीले स्वदेश फर्किन टिपाए विवरण
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. भीआईपीलाई धम्क्याउन २ करोड अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्...

सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न निर्देशन
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न सम्बन्ध सबैलाई निर्देशन दिएक...

सुदूरपश्चिमका विभिन्न अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका पदाधिकारी नियुक्त परेको छ । मन्त्रालयका सचिव डा हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्था...

हुरीले दुई घरमा क्षति
भक्तपुर । सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ । सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना...
पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै
कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि ७ गतेसम्म २१औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा ‘एक्युरेसी’ विधामा हुने ...

अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
काठमाडौँ । राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुने भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देश...

जर्मनी र ग्रिसद्वारा स्ट्रेट अफ हर्मुजमा युद्धपोत पठाउन अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जल मार्ग (स्ट्रेट अफ हर्मुज)मा युद्धपोत पठाउन गरेको आग्रहलाई जर्मनी र ग्रिसले अस्वीकार गरेको छ। दुई हप्तादेखि जारी अमेरिका–इजरायल र इरान युद्धको क्रममा इ...

दुबई विमानस्थलमा ड्रोन आक्रमण : ७ घण्टापछि उडान सुचारु
विश्वकै व्यस्त पर्यटकीय तथा व्यापारिक हब दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डीएक्सबी) मा ड्रोन आक्रमण भएपछि अवरुद्ध बनेको उडान सेवा सुरु भएको छ। विमानस्थल नजिकैको इन्धन ट्याङ्कीलाई लक्षित गरी सोमबार ब...

१४५ वटा युक्रेनी ड्रोन खसालेको रुसको दाबी
रुसी रक्षा मन्त्रालयले गएराति विभिन्न क्षेत्रहरूमा आक्रमणका लागि आएका १४५ वटा युक्रेनी ड्रोनहरूलाई खसालेको दाबी गरेको छ । रुसी अधिकारीहरूका अनुसार मस्को क्षेत्रमा मात्रै ५३ वटा ड्रोनहरू नष्ट गरिएक...

युक्रेनमा यात्रुवाहक रेलमाथि रूसको ड्रोन आक्रमण, ३ जनाको मृत्यु
युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मंगलबार युक्रेनभर...

युक्रेनलाई ९० अर्ब युरो ऋण र रुसमाथिको नयाँ प्रतिबन्धमा ‘भिटो’ प्रयोग गर्ने हंगेरीको चेतावनी
हंगेरीले युक्रेनको युरोपेली संघमा आबद्धता हुने प्रक्रिया तत्कालका लागि असम्भव रहेको बताउँदै रुसमाथिको २० औँ प्रतिबन्धको प्याकेज र किएभका लागि तय गरिएको ९० अर्ब युरोको सैन्य ऋणमा ‘भिटो’ प्रयोग गर्ने...

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गरेका छन् । तर अहिलेसम्म कुनै देशले स्पष्ट प्रतिबद्धता दिएको छैन । तेलक...

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
कर्णाली । सुर्खेतमा गत फागुनमा ७६ वटा सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयले सोमबार सार्वजनिक...

ग्यासको अवैध कारोबार रोक्न विभाग सक्रिय
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आ...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
काठमाडौँ, ३ चैतः अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु
काठमाडौँ, ३ चैतः कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्यय...

जिल्ला अस्पतालको सेवा सुधारको माग
जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षणपत्र बुझाइएको छ । जिल्ला अस्पताल इनरुवा सुधार सङ्घर्ष समितिले ३४ बुँदे मागसहित अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझ...

एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा
गण्डकी । माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुई दिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्राल...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउ...

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु
इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई) मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ। मारिनेहरूमा २ जना सैनिक र ५ ज...

इरानले इस्लामिक देशका सरकारहरूको आलोचना गर्दै सोध्यो - तपाईंहरू कुन पक्षमा हुनुहुन्छ?
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीले इस्लामिक देशका सरकारहरूको आलोचना गर्दै एक पत्र जारी गरेका छन्। यस पत्रमा, अली लारीजानीले 'विश्वका मुस्लिमहरू र इस्लामिक देशहरू...

राज्यसभा चुनाव: बिहारका सबै ५ सिटमा एनडीए विजयी, नितिश कुमार पनि निर्वाचित
समाचार एजेन्सी पीटीआईका अनुसार एनडीएले बिहारका सबै पाँच सिट जितेको छ। बिहारका मुख्यमन्त्री नितिश कुमार र भाजपा अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएका छन्। सोमबार बिहार, ओडिशा र हरियाणाका ११ ...

अमेरिकी धार्मिक स्वतन्त्रता आयोगको प्रतिवेदन अस्वीकार गर्दा भारतले के भन्यो?
भारतले अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (USCIRF) को २०२६ को वार्षिक प्रतिवेदन अस्वीकार गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने कि USCIRF ले भारतको गलत तस्वीर ...

हुावाहुरीले ढालेको रुखले लागेर वृद्धको मृत्यु
उदयपुरको कटरी नगरपालिका वडा ५ मा सोमबार साँझ आएको हुावाहुरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कटारी बजार नजिकैको तिनकुनेचौक स्थित राधाकृष...

आइइए सदस्यहरूले आवश्यक परेमा थप तेल स्टक जारी गर्न सक्छन् : आइइए प्रमुख
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए)का सदस्य राष्ट्रहरुले आवश्यक परेमा थप तेल मौज्दात प्रवाह जारी गर्न सक्ने आइइएका कार्यकारी निर्देशक फातिह बिरोलले सोमबार बताएका छन्। भिडियोमार्फत् सार्वजनिक एक स...

काठमाडौं प्रशासनको 'मोडेल' देशैभरि विस्तारमा गृहमन्त्रीको जोड
गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिक सेवाका लागि अवलम्बन गरेको नवीनतम मोडेल उत्कृष्ट रहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीका साथमा जिल्ला प्रशासन कार्यालय...

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्र स्थापनापछि राजनीतिक दलको भर्ती केन्द्र र स्रो...

‘जुक्ति’ले बनेको सरकारलाई धारा ७८ को तगारो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षकका हैसियतमा बनाएको वर्तमान चुनावी सरकारलाई ‘संविधानको धारा ७८ को व्यवस्था लागू हुन्छ कि हुँदैन ?’ भन्ने बहस सुरु भएको छ । निर्वाचन गराउने म्...

सुशीला सरकार : निर्वाचनमा सफल, सुशासनमा असफल
काठमाडौं । जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन गराउन सफल भए पनि सुशासन एजेन्डामा फितलो देखिएको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलनको माग प्रतिनिधिसभा विघटन गरेर अर्को निर्वा...

मंगलबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र ३ गते । मंगलबार । इस्वी सन् २०२६ मार्च १७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–त्रयोदशी,...

सहयोगी मनहरूको पहलमा सुन्दरहरैंचाका शारीरिक अशक्तलाई आफ्नै घर
सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सामाजिक सेवा र मानवीय संवेदनाको सुन्दर उदाहरण प्रस्तुत भएको छ। सुन्दरहरैंचा–१० बागझोडामा शारीरिक रूपमा अशक्त एक व्यक्तिका लागि “सहयोगी मनहरू” न...
३१ समाचार देखाइएको